Breaking News

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् ।

पीडित परिवारसहित स्थानीयबासीहरूले प्रशासन कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएपछि बर्दियामा सर्वदलीय सर्वपक्षीय बैठक बसेर चितुवालाई नियन्त्रणमा लिने र आवश्यक परे कानुनबमोजिम गर्ने निर्णय भएको छ ।

पीडितका आफन्त र स्थानीवासीहरूले मान्छे मार्ने चितुवा मार्नु पर्ने माग गर्दैआएका छन् । पीडित परिवारलाई राहत, क्षतिपूर्ती र रोजगारको व्यवस्था गर्नुपर्ने र चितुवा तत्काल नियन्त्रणमा लिइ मार्नुपर्ने माग गरेका थिए ।

डिभिजन वन कार्यालय र सम्बन्धित निकायले वेवास्ता गरेको हुनाले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुपरेको गुलरिया नगरपालिका –४ तुल्सीपुरकी जितकुमारी योगीले बताउनुभयो ।

स्थानीयबासीले जिल्ला प्रशासन कार्यालयको गेट खोलेर भित्रपसी प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष, भण्डार कक्ष र लेखा शाखाको ढोकामा क्षति गरेका गरेका छन् । स्थानीयको बिरोधपछि जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारसहित सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकले चितुवा नियन्त्रणका लागि प्रचलित कानुन बमोजिम सबै उपायहरू अवलम्बन गरी डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय र जिल्लास्थित सुरक्षा निकायहरूले कार्यआरम्भ गरी तत्काल नियन्त्रणमा लिने निर्णय भएको बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताउनुभयो । स्थानीयबासीले चितुवा नियन्त्रणमा लिएर फेरि छाड्नेभन्दा पनि मार्नुपर्ने माग गरेका छन् । स्थानीयबासीलाई चितुवा मार्ने अनुमति दिनु पर्ने माग गर्दैआएका छन् ।

बर्दियामा बिहीबार चितुवाको आक्रमणबाट एकै दिनमा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा ४ तुल्सीपुर बस्ने ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका वडा ९ गाउँ नं १३ बस्ने ४९ वर्षिया मैसारा डाँगी रहेका छन् ।

बारबर्दिया नगरपालिकाको वडा ११ मा रहेको जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा मृतक रोकायलाई चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताउनुभयो ।

पैसा कमाउन भारत गएका रोकाय १२ दिन अघिमात्र घर आउनु भएको थियो । उहाँको एक श्रीमती सुस्मा रोकाय र ९ वर्षिय छोरा रीतिक रोकाय छन् । मृत डाँगी बारीमा छिमेकीहरूसँग घाँस काट्दै गर्दा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ लगेको थियो ।

खोजविनको क्रममा दशगजानजिक अरहर बारीमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो । माघ महिनामा मात्र बारबर्दिया नगरपालिका वडा ११ बेलभारमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत माघ ७ गते सोही गाउँमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा ११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट मात्र माघ महिनामा तीन जनाको मृत्यु भएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउन यता सात जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

श्रीमतीलाई रोजगारी

संविधान सभा सदस्य विना ज्ञावलीले मृतक नन्दु रोकायको छोरा ९ वर्षिय रीतिक रोकायको पढाउने र लालपालनको जिम्मा लिनुभएको छ । आर्थिक अवस्था नाजुक भएको हुनाले रीतिकको लालनपालन र पढाउने जिम्मा लिने उहाँले बताउनुभयो ।

त्यसैगरी श्रीमती सुस्मा रोकायलाई जिविकोपार्जनका लागि गुलरिया नगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले परिवारको जीविकोपार्जनमा सहज होस् भनेर मृतक नन्दु रोकायको श्रीमती सुस्मा रोकायलाई करारमा कर्मचारी राख्ने बताउनुभयो । रोजगारीको व्यवस्था भएपछि परिवारलाई जिविकोपार्जन गर्न सहज हुने बताइएको छ ।

सम्बन्धित समाचार

नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै

धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...