समाचार

ढिस्कोले पुरिएर कामदारको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

शुक्रवार दिउँसो २ः१० बजे शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । फाइबर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासी छेउको माटोको ढिस्को भत्किएर उहाँ पुरिनुभएको थियो ।

घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३:३५ बजे उपचारको क्रममा उहाँको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खडकाले बताउनुभयो ।

सम्बन्धित समाचार

धनुषामा युवती मृत फेला, हत्या आशंका

धनुषामा युवती मृत फेला, हत्या आशंका

काठमाडौं। धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। शुक्रबार सडकछेउमा युवतीको शव...

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ

गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...

प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर

प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं। नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले थुनामै बस्नुपर्ने भएको...

जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय

जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख...