सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं
काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गर्नुभएको छ। शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाई थियो । उहाँले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताउनुभयो।
मन्त्री चौलागाईले भन्नुभयो,‘यो सरकार आईसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आईसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरु आएका छन । यो भर्खरै भएको हुनाले मानिसहरुको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरुलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरुको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखि हाम्रा नीतिहरु थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’
मन्त्री चौलागाईंले वन्यजन्तुबाट मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नं पहल गरिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
२.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
३.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
४.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
-
५.
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




