थाइल्याण्डको आम निर्वाचन अघि मतदाता तान्न राजनीतिक दलहरूको अन्तिम प्रचार अभियान
थाइल्याण्डका प्रमुख राजनीतिक दलहरूले आम निर्वाचन अघि मतदाताहरूलाई आकर्षित गर्ने अन्तिम प्रयास स्वरूप शुक्रवार अन्तिम चुनावी प्रचार ¥यालीहरू आयोजना गरिएका छन् । शुक्रवार थाइल्याण्डको राजधानी बैंकक सुन्तला, नीलो र रातो रंगका भीडले भरिएको थियो । सप्ताहान्तको चुनावी जितमा आँखा गाडेका प्रमुख दलहरूले आफ्ना समर्थक र अनिर्णित मतदाताहरूलाई अन्तिम आग्रह गरेका छन् ।
भूमिजाइथाई पार्टी, फेउ थाई पार्टी, पिपुल्स पार्टी र डेमोक्र्याट पार्टीले बैंककभर ठूला–ठूला चुनावी प्रचार ¥यालीहरू आयोजना गरे । जहाँ पार्टी नेताहरू र प्रधानमन्त्रीका उम्मेदवारहरूले आइतबार मतदान केन्द्रहरूमा जानुअघि आफ्ना आ–आफ्ना प्रतिज्ञाहरू दोहो¥याए । रूढीवादी भूमिजाइथाई पार्टीका नेता, प्रधानमन्त्री अनुतिन चर्नविराकुलले आफ्नो ४० मिनेटको भाषणमा विगत चार महिनादेखि अन्तरिम कार्यवाहक प्रधानमन्त्रीको रूपमा सेवा गरेको र अब पूर्ण चार वर्षको कार्यकालका लागि सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।
फेउ थाई पार्टीले आवास कार्यक्रम, गरिबी निवारणका उपायहरू र आर्थिक प्रोत्साहन पहलहरू सहितका प्रमुख नीतिहरूलाई उजागर गर्न अन्तिम ¥यालीको प्रयोग ग¥यो । नत्थापोङ रुएङपान्यावोटको नेतृत्वमा, पिपुल्स पार्टीले एक युवा केन्द्रमा आफ्नो अन्तिम ठूलो ¥याली आयोजना ग¥यो । तीन वर्षभन्दा कम समयमा तीनजना प्रधानमन्त्रीहरू परिवर्तन गरेपछि, थाई मतदाताहरू फेब्रुअरी ८ मा मतदान केन्द्रहरूमा जाँदैछन् ।
ताजा अपडेट
-
१.
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
-
२.
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
-
३.
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
-
४.
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
-
५.
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




