Breaking News

ट्रम्पद्वारा इरानसँग अर्को साता थप वार्ता हुने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो प्रशासनले अर्को हप्ताको शुरुमा इरानसँग थप वार्ता गर्ने जानकारी दिनुभएको छ । ओमानमा इरानसँग भएको धेरै राम्रो अप्रत्यक्ष संवादको केही घण्टापछि ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

फ्लोरिडाको मार–ए–लागो क्लवतर्फ जाँदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूहरुले इरानको बारेमा धेरै राम्रो कुराकानी गरेको बताउनु भयो । सम्झौता कस्तो हुन्छ भनेर हेर्नुपर्ने तर इरान सम्झौता गर्न धेरै इच्छुक देखिएको बताउनुभयो।

उहाँले अर्को हप्ता पुनः भेट्ने योजना रहेको बताउँदै यदि इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा सम्झौता गर्न असफल भएमा त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिनुभयो । ट्रम्पले सो क्षेत्रमा अमेरिकी नौसेनाको ठूलो युद्धपोतको समूह गइरहेको र चाँडै पुग्ने समेत उल्लेख गर्नुभयो ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार ओमानमा भएको उक्त वार्तामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुश्नर र अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर एडमिरल ब्राड कुपर सहभागी थिए ।

सम्बन्धित समाचार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...