टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सवमा थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणका रुपमा रहने र महोत्सवमा प्रत्येक दिन ७–७ वटा गरी जम्मा २१ वटा बहस सत्रहरू रहने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो ।
महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना पनि गरिने छ ।
महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?
काठमाडौं। १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’...
पर्वत समाजद्वारा प्रकाशित ‘पर्वत चिनारी’ विमोचन
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पारेर पर्वत चिनारी विमोचन गरेको छ। समाजले शनिबार आयोजित...
रसिकको बालकथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक
काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती “बेलबहादुरको बिहे“ तेस्रो संस्करण आइतबार सार्वजनिक गरिएको छ । कथा कृति एजुकेश्नल...
पुस्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक
काठमाडौँ। विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ । सन्सारको एक सय ५० देश...




