Breaking News

टी २० विश्वकप : इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं। आईसीसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले ७ विकेट गुमाएर १८४ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले समान एक एक विकेट लिए।

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिला व्याटिङ रोजेका थिए। नेपालले दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गर्न लागेको हो।

नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो। दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन।

सम्बन्धित समाचार

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...

यस्तो छ नेकपाको घोषणापत्र

यस्तो छ नेकपाको घोषणापत्र

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...