इंग्ल्यान्डसँग जितको नजिक पुगेर नेपालको हार
काठमाडौं । आइसीसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा साहसिक रुपमा ब्याटिङ गर्दै १८० रन जोड्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे ।
बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे जोस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक सफलता हात पारे ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...




