बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
काठमाडौं। नेपाली स्वादसहित बानेश्वरमा तुफानी पीजा रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ। लामो समयदेखि रेष्टुरेन्ट क्षेत्र तथा व्यवासयिक क्षेत्रमा कार्यरत युवाहरुले माघ २८ गते बुधबारदेखि बानेश्वरको के एण्ड के एण्ड इन्टरनेशनल कलेजसँगै तुफानी पीजा सञ्चालमा ल्याउन लाग्नुभएको हो।
तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन (TFC), तुफानी र्याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिनुभयो।
तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ। बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उहाँले बताउनुभयो।
एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो।
‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेशलिष्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भन्नुभयो।
चार्टर्ड एकाउण्टेन्ट समेत रहनुभएका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानीमा रेष्टुरेन्ट खोलिएको हो।
विभिन्न क्षेत्रमा लगानी गर्नुभएका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा गर्ने योजना बनाउनुभएको हो। ‘हाम्रो धेरै क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना छ भन्ने भएर पनि रेष्टुरेन्टमा सोच गरेको हो।‘ उहाँले भन्नुभयो,’बानेश्वर क्षेत्रमा यो किसिमको स्वादको पीजा नपाइने भएकाले पनि यही क्षेत्र रोजेका हौं,’ कार्कीले भन्नुभयो।
चार्टर्ड एकाउण्टेन्ट समेत रहनुभएका कार्कीले यो रेष्टुरेन्टमा प्रिमियर आइटहरु सस्तो मुल्यमा पाइने जानकारी दिनुभयो ।
‘वानेश्वरमा धेरै कर्पोरेट अफिस, कन्सल्टेन्सी र कलेजहरु छन्,’ उहाँले भन्नुभयो, ‘हामीले विद्यार्थी र अफिसहरुमा काम गर्ने कर्माचारीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेका हौं। तुफानी पीजाका परिकारहरु अनलाइनमार्फत फुडमाण्डु, पठाओ र आफ्नै वेवसाइ, सोसल मिडियाबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिनुभयो।
त्यसो त लगानीकर्ता रहनुभएका नेपाल लामो समयदेखि रेष्टुरेन्टमा काम गर्नुभएको छ। उहाँले २०६९ मा संगम खाजाघरबाट काम थाल्नुभएका उहाँ होटल भ्यु पोइन्ट, रेड डाइमन्ड र बर्गर हाउस, स्याङ्को कट्टिरोल समेत चलाएको अनुभव छ।
उहाँहरुकै टिमले काठमाडौँका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आउनुभएको छ।

ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




