टी–२० विश्वकपमा भारतसँगको खेल पाकिस्तानले बहिष्कार नगर्ने
मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।
पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड ९बीसीबी० र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए ।
बीसीबीका औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्व अपेक्षा गरेको पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ ।
यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ र बंगलादेशसँग सदैव साथ रहने प्रतिबद्धता दोहोर्याएको छ ।
पछिल्लो पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा श्रीलंकाली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानका लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए ।
यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...
आईसीसी पुरुष टी– २० विश्वकप : श्रीलंकासँग आयरल्यान्डको २० रनको हार
काठमाडौँ। श्रीलंकाले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा...
इंग्ल्यान्डसँग जितको नजिक पुगेर नेपालको हार
काठमाडौं । आइसीसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा...
टी २० विश्वकप : इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं। आईसीसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर...




