अर्थ

सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह

काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी लगानी रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी खारेज गर्नुपर्ने बताउनुभएको छ ।  पहिले पनि सरकारले लगानी गरेर निर्माण कम्पनी खुलाएको र भ्रष्टाचार गर्ने अखडा बनेको भन्दै सरकारले भ्रष्टाचार हुनसक्ने संस्थाहरु राख्न नहुने बताउनुभएको हो ।

उहाँकाअनुसार सरकारले यसअघि २०१८ सालमा नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (एनसीसीएन) स्थापना गरेको थियो । लगातार ६ वर्ष घाटामा गएपछि सरकारले २०६७ सालमा एनसीसीएन खारेज गरेको थियो । अहिले पनि खडा भइरहेको निर्माण कम्पनी राजनीतिका आडमा भ्रष्टाचार गर्ने अखडा बन्नसक्ने उहाँले बताउनु भयो ।

न्युज एजेन्सीसँगको कुराकानीमा अध्यक्ष सिंहले भन्नुभयो –‘सरकारले पहिला पनि एनसीसीएन भनेर सञ्चालन गरेको थियो । उक्त निकायले विचौलियाको काम ग¥यो । राजनीतिक नेतृत्वले लाभ लिनका लागि एनसीसीएनका नाममा दिने र एनसीसीएनलाइ प्रभावमा पारेर एनसीसीएनलाई निश्चित कमिशन दिने र बढी भ्रष्टाचार गर्ने अखडाका रुपमा रुपान्तरण गरियो । पछि सरकारले नै एनसीसीएन खारेज ग¥यो । अहिले रहेको सरकारी लगानीको नेपाल पूर्वाधार निर्माण कम्पनी पनि त्यसैको पुनरावृत्ति हो । अहिलेसम्म सरकारले निजी क्षेत्रसँग प्रतिष्पर्धा गरेर कम्पनी खडा गर्छ भने हामी त्यसलाइ स्वागत गछौँ । एउटा होइन ५० वटा खडा गरेपनि हुन्छ । तर सरकारी कम्पनीहरु खोलेर कमिसनको जालो फैलाउने काम सरकारले जुन कुचेष्टा गरिरहेको छ । त्यो निर्माण व्यवसायी महासंघलाई मान्य हुँदैन । हिजोका सरकारहरुले निर्माण कम्पनी खुलाउने निर्णय गरेकाले यो सरकारले त्यस्तो निर्णय खारेज गर्नुपर्छ ।’

मुलुकको पूर्वाधार निर्माणलाई तिब्रता दिन सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गरेको पाँच वर्ष बिते पनि कम्पनीले अहिलेसम्म कुनै काम अगाडि बढाउन सकेको छैन ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहनेगरी नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड नामको कम्पनी २०६६ साउनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो । वर्तमान सरकारका अर्थमन्त्रीले उपभोक्ता समितिको नाममा भइरहेको भ्रष्टाचारलाई रोक्ने निर्णय लिएको र अर्थहिन निर्माण कम्पनी राख्न नहुने सिंहको भनाइ रहेको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति...

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा...