राजनीति

सञ्चारकर्मीहरुलाई पत्रकार महासंघले भन्योः सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्नू

काठमाडौँ। नेपाल पत्रकार महासंघले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यामहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यमहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई सचेत गराउनुभएको हो ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुले आफ्नो अनुसन्धानको काम नसकिदै सामाजिक सञ्जालहरुमा त्यस्ता विषयहरु सार्वजनिक गरिदिँदा प्रहरीको अपराध अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष शर्माले सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर सामाजिक सञ्जालहरुको प्रयोग गराउनका लागि महासंघले देशभर सो सम्बन्धि अभियानको सुरुवात गरेको पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले निर्वाचनको बेला मात्रै होइन । हरेक पत्रकारहरुले आफ्नो समाचार कन्टेन्टमा मात्रै होइन, व्यक्तिगत डिजिटल प्लेट फर्ममा पनि हामी जिम्मेवार हुन जरुरी छ । किनभने अहिले युग नै डिजिटल प्लेटफर्महरु छिटो बढी प्रभावित हुने र हेर्ने कारणले गर्दा पत्रकारहरुले पनि आफूले अनुसन्धान गरेको रिर्पोटिङ पूरा नहँदै सोसल कन्टेन्टमा लेख्ने कारणले पनि अपराध अनुसन्धानमा फरक पर्छ होला । त्यसकारण हामीले समाचार बनाउँदै मात्रै होइन, हाम्रा हरेक गतिविधिमा हरेक व्यक्ति सोसल प्लेटफर्म प्रयोग गर्दा जिम्मेवार हुनुपर्छ भनेर पत्रकार महासंघले त्यो खालको अभियान पनि देशभर शुरु गरेको छ ।’
महासंघले प्रहरीको अपराध अनुसन्धानमा सञ्चारकर्मीहरुको सहकार्य अझै घनिभूत बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

 

सम्बन्धित समाचार

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...

ओली पनि नियन्त्रणमा

ओली पनि नियन्त्रणमा

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...

रमेश लेखक पक्राउ

रमेश लेखक पक्राउ

काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...