अन्तर्राष्ट्रिय

अमेरिकासँगको बढ्दो तनावका बीच खामेनीद्वारा राष्ट्रिय एकताको आह्वान

इरानका सर्वोच्च नेता अली खामेनीले सोमवार अमेरिकासँगको बढ्दो तनावका बीच सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा इरानीहरूलाई एकता प्रदर्शन गर्न र शत्रुलाई निराश पार्न आग्रह गर्नुभएको छ ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले राष्ट्रिय शक्ति क्षेप्यास्त्र र विमान जस्ता सैन्य उपकरणहरू भन्दा संकल्प र प्रतिरोधमा बढी भर पर्ने बताउनु भयो । उहाँको यो भनाइ इरानले क्रान्तिको विजयको उपलक्ष्यमा बुधवार देशव्यापी ¥यालीको तयारी गरिरहेका बेला आएको हो । ‘जबसम्म शत्रु निराश हुँदैन, तबसम्म एउटा राष्ट्र उत्पीडनको जोखिममा रहन्छ’ खामेनीको भनाइ छ । यो भाषण मध्य पूर्वमा अमेरिकी सैन्य तैनाथी र तेहरानविरुद्ध जारी धम्कीका कारण अमेरिकासँगको बढ्दो घर्षणको समयमा आएको हो ।

ओमानको मस्कटमा शुक्रवार इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष आणविक वार्ताका बाबजुद ठूला मतभेदहरू कायमै छन् । जसले सम्झौताको सम्भावनालाई अनिश्चित बनाएको छ । सन् १९७९ को इस्लामिक क्रान्ति एक निर्णायक क्षण थियो जसले इरानलाई पश्चिम समर्थक राजतन्त्रबाट इस्लामिक गणतन्त्रमा परिवर्तन ग¥यो ।

आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा धर्मगुरु, विद्यार्थी र धर्मनिरपेक्ष कार्यकर्ताहरूको विविध गठबन्धनले अमेरिका समर्थित शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो। सन् १९८० मा इरानी जनताले तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेपछि इरान र अमेरिकाले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...