सबै प्रतिवन्धहरू हटाइएमा ६० प्रतिशत संवर्द्धित युरेनियमको मात्रा घटाउन इरान तयारः आणविक प्रमुख
इरानको सरकारी समाचार एजेन्सी ‘इरना’ काअनुसार इरानका आणविक प्रमुखले सोमवार सबै अन्तर्राष्ट्रिय प्रतिवन्धहरू पूर्ण रूपमा हटाइएमा तेहरानले आफ्नो ६० प्रतिशत संवद्र्धित युरेनियमलाई घटाउने विषयमा विचार गर्नसक्ने बताउनुभएको छ ।
इरानी आणविक ऊर्जा संगठनका अध्यक्ष मोहम्मद इस्लामीले ओमानमा भएको अप्रत्यक्ष वार्ताका क्रममा अमेरिकाले युरेनियम संवद्र्धन घटाउन अनुरोध गरेको थियो कि भन्ने प्रश्नको जवाफमा यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संवद्र्धित युरेनियम विदेश पठाउने तेहरानको कहिल्यै योजना नरहेकोमा जोड दिँदै यस्ता प्रस्तावहरू विवाद समाधानमा सहयोग गर्न चाहने अन्य पक्षहरूले मात्र राखेको उल्लेख गर्नुभयो।
रुस र टर्किए जस्ता देशहरूले इरानको उच्च संवद्र्धित युरेनियम भण्डारण गर्ने प्रश्ताव गरेका थिए । तर तेहरानले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । इस्लामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई गत जुनमा इजरायल र अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको आक्रमणको निन्दा गर्न समेत आग्रह गर्नुभयो । उहाँले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानून र सुरक्षा सम्झौता अन्तर्गत सञ्चालित रहेको बताउनु भयो । तेहरान र वासिङ्टनबीच बढ्दो तनावका बीच ओमानमा भएको वार्ताको नेतृत्व इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विट्कोफले गर्नुभएको थियो । सोमवार नै इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यी वार्ताहरूलाई इरानको आणविक मुद्दा न्यायोचित रूपमा समाधान गर्ने अत्यन्त राम्रो अवसरको रूपमा वर्णन गर्नुभयो ।
इरानका उद्देश्यहरूमा आणविक अप्रसार सन्धिअन्तर्गत आफ्ना अधिकारहरूको रक्षा गर्ने, स्वदेशमै युरेनियम संवद्र्धन कायम राख्ने र क्रूर प्रतिवन्धहरू हटाउने कुराहरू समावेश रहेको उहाँले बताउनु भयो । विदेशमन्त्री अराघचीले राष्ट्रपतिको भनाइलाई समर्थन गर्दै ठोस नतिजा खोज्न इरान गम्भीर रहेकोमा जोड दिनुभयो । अराघचीले कूटनीति नै इरानको आणविक मुद्दा समाधान गर्ने एक मात्र मार्ग भएको र तेहरानले सम्मानको जवाफ दिने तर दबाबलाई स्वीकार नगर्ने बताउनु भयो ।
पश्चिमी देशहरूले इरानको हालको ६० प्रतिशत संवद्र्धित युरेनियमको भण्डारलाई थप संवद्र्धन गरिएमा धेरै आणविक हतियारहरू बनाउन सकिने चेतावनी दिँदै आएका छन् । यद्यपि इरानले आणविक हतियार बनाउने कुनै पनि मनशाय नरहेको खण्डन गर्दै आएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
ताजा अपडेट
-
१.
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
-
२.
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
-
३.
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
-
४.
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
-
५.
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




