इजरायलद्वारा पश्चिम किनारका विवादास्पद कदमहरू स्वीकृत, प्यालेस्टाइनद्वारा अवैध कब्जाको रूपमा निन्दा
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले कब्जा गरिएको पश्चिम किनारमा इजरायलको नियन्त्रण अझ गहिरो बनाउने र त्यहाँ यहूदी बस्ती विस्तार गर्ने निर्णयहरू अनुमोदन गरेको छ । स्वीकृत विवादास्पद कदमहरू मध्ये, मन्त्रिपरिषद्ले यहूदीहरूलाई जग्गा बिक्रीमा प्रतिवन्ध लगाउने जोर्डन कालको कानून खारेज गर्न आदेश दियो ।
विशेष लेनदेन अनुमतिहरूको आवश्यकता हटायो र करिव २० वर्षअघि सञ्चालन बन्द भएको राज्य भूमि अधिग्रहण समितिलाई नवीकरण ग¥यो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मन्त्रिपरिषद्का प्रमुख बस्ती समर्थक मन्त्री अर्थमन्त्री बेजालेल स्मोट्रिचको कार्यालयबाट जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो । स्मोट्रिचले यी निर्णयहरूले पश्चिम किनारमा यहूदी बस्तीका लागि ऐतिहासिक दिन चिन्हित गरेको बताउँदै यसले यहूदीहरूलाई कब्जा गरिएको क्षेत्रमा सरल सर्तहरूमा जग्गा प्राप्त गर्न सक्षम बनाउने तर्क गर्नुभयो ।
प्यालेस्टिनी राष्ट्रपति कार्यालयले आइतबार यी निर्णयहरूलाई अवैध र शून्य भन्दै ती कब्जा र विस्थापन योजनाहरूको व्यावहारिक कार्यान्वयन भएको र प्यालेस्टाइन मुक्ति संगठन र इजरायल बीच हस्ताक्षर गरिएका सम्झौताहरू, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका प्रस्तावहरूको उल्लंघन भएको बताएको छ । राष्ट्रपति कार्यालयले अन्तर्राष्ट्रिय समुदायलाई यी कदमहरू रोक्न तुरुन्त हस्तक्षेप गर्न आह्वान गरेको छ, जसले क्षेत्रीय तनाव कम गर्ने प्रयासहरूलाई खतरामा पार्ने बताएको छ ।
प्यालेस्टिनी विदेश मन्त्रालयले पनि कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रको कानूनी स्थिति र चरित्र परिवर्तन गर्ने इजरायलको निराशाजनक प्रयासको निन्दा गर्दै यी कार्यहरूलाई आपराधिक भनेको छ । इजरायलले १९६७ को मध्यपूर्व युद्धमा पश्चिम किनार र पूर्वी जेरुसेलम कब्जा गरेको थियो ।
त्यहाँ निर्माण गरिएका बस्तीहरू र यसको सैन्य कब्जालाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अवैध मानिन्छ । प्यालेस्टिनी अधिकारीहरूले पटक–पटक चेतावनी दिएका छन् कि बस्ती विस्तार गर्ने र पश्चिम किनारमा इजरायली नागरिक अधिकार विस्तार गर्ने उपायहरूले भविष्यको प्यालेस्टिनी राज्यको सम्भावनालाई कमजोर बनाउँछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...




