अर्थ

बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको छ।

सोमबार सुन प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...