Breaking News

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार (माघ २७) आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ । ३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।

सम्बन्धित समाचार

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...

यस्तो छ नेकपाको घोषणापत्र

यस्तो छ नेकपाको घोषणापत्र

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

काठमाडौं।  रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला...