Breaking News

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ।

मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो।

प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ।
अन्दाजी ५० वर्षीय पुरूषको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा आठ जना घाइते समेत छन्। पाँच जना पुरूष र तीन जना महिला हुन्।

मन्थली-११ का ३१ वर्षीय चालक सुशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सामान्य घाइते छन्। घाइते सात जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन्। उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो।

मृतक दोलखा भिमेश्वर-७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर-८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु-४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु-७ की सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीया भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङ छन्।

लिखु-४ का २५ वर्षीय दिपेन्द्र बस्नेत, लिखु-६ की ४५ वर्षीया मानकुमारी बरूवाल, उपाकुण्ड-६ का २४ वर्षीय विशाल सुनुवार र सिन्धुली गोलन्जोर-६ का ३४ वर्षीय शिव श्रेष्ठ छन्।

सम्बन्धित समाचार

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा

सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...

यस्तो छ नेकपाको घोषणापत्र

यस्तो छ नेकपाको घोषणापत्र

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

काठमाडौं।  रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला...