नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता
काठमाडौँ। नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै विज्ञहरुले नेपालको आगामी निर्वाचन र यसले निम्त्याउने सामरिक कथ्यहरुको विश्लेषण गरेका हुन् ।
निर्वाचनले मात्रै स्थिरता नदिने तर्क गर्दै वक्ताहरुले अनुभवी राष्ट्रवाद, सुधारवादी युवा नेतृत्व, उदाउँदो नयाँ शक्ति र राजतन्त्र पुनस्र्थापनाको पक्षधरका बीचमा निर्वाचन भइरहेको बताए । युरोपका भू–परिवेष्ठित राष्ट्रहरुको उदाहरण दिँदै भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने उनीहरुको भनाइ छ ।
स्विट्जरल्याण्ड र अस्ट्रिया जस्ता देशहरु ‘भूगोलले मात्र ल्याण्डलक’ हुन् तर दक्षिण एशियामा भने देशहरु ‘राजनीति र सुरक्षा’ ले पनि ल्याण्डलक हुन पुगेका भारतीय नौसेनाका पूर्वनिर्देशक सञ्जय जसजीत सिंहले बताउनु भयो । सुरक्षा सहयोग र रक्षा सहयोग बीचको भिन्नता बुझ्न जरुरी रहेको उहाँको भनाइ छ । जब एक देशको नागरिकले अर्कोको रक्षाका लागि रगत बगाउँछ, त्योभन्दा प्रगाढ सुरक्षा सम्बन्ध अर्को हुन नसक्ने उहाँको भनाइ छ ।
सिंहले बिमस्टेकको महत्वबारे चर्चा गर्दै नेपालको संलग्नताले हिन्द महासागरको भू–राजनीतिमा ठूलो अर्थ राख्ने बताउनु भयो । दूरीलाई अब किलोमिटरमा मात्र नभई ‘समय’ मा नाप्नुपर्ने र कनेक्टिभिटीले त्यो समय घटाउँदै लगेको उहाँको धारणा छ ।
विज्ञहरुले खुला सीमानाका चुनौतीहरुबारे बोल्दै १ हजार किलोमिटरभन्दा लामो सीमानालाई स्क्यानर वा तारवारले मात्र सुरक्षित गर्न नसकिने बताए ।
उनीहरुले म्यानमारमा जारी द्वन्द्वका कारण बढेको लागुपदार्थ (नारकोटिक्स) को ओसारपसार र अफगानिस्तानबाट हुने अफिमको अवैध व्यापारले दक्षिण एशियाली क्षेत्रलाई जोखिममा पारेको उल्लेख गरेका छन् । सुरक्षा सहयोगलाई दुई देशबीचको सम्बन्धको ‘मेरुदण्ड’ को रुपमा परिभाषित गरेका छन् । वक्ताहरुले नेपालको आन्तरिक राजनीतिक उत्तारचढाव र निर्वाचनले मात्र सामरिक स्थिरता नदिने तर्क समेत गरेका छन् ।
युरोपका ९ वटा भू–परिवेष्ठित राष्ट्रहरु (जस्तै स्विट्जरल्याण्ड र अस्ट्रिया) को उदाहरण दिँदै उनीहरुले भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने बताए । युरोपेली देशहरु राजनीतिले नभई भूगोलले मात्र ‘ल्याण्डलक’ भएको तर दक्षिण एशियामा भने राजनीति र सुरक्षा चासोले देशहरुलाई बढी प्रभाव पारेको बताएका छन् । सुरक्षा सहयोगलाई प्रायः रक्षासँग मात्र जोडेर हेरिने भएपनि यो त्योभन्दा व्यापक रहेको विज्ञहरुको ठहर छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
-
२.
प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण
-
३.
इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
-
४.
अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
-
५.
कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
बजेटको आकार घटेको छैनः अर्थमन्त्री
काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पार्नुभएको छ । चालु आर्थिक वर्ष २०८२./८३ को बजेटको अर्धवार्षिक समीक्षा...
६ महीनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च
काठमाडौँ। सरकारले चालु आर्थिक वर्षको ६ महीनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । आज बजेटको...
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
काठमाडौँ। सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा...
कुखुरामा इकोलाईको समस्या
चितवन। जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२...




