Breaking News

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ ।

बल प्रयोग गर्दा समस्याहरू झन् बल्झिने मस्कोको ठहर रहेको उहाँले बताउनु भयो । मस्कोमा आयोजित भाल्डाई इन्टरनेशनल डिस्कसन क्लवको साइडलाइनमा भएको मध्यपूर्व सम्मेलनमा बोल्दै लाभरोभले आफूहरु इरानसँग सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।

ओमानको सल्तनतले प्रश्ताव गरेको मध्यस्थता प्रयासको स्वागत गरेको पनि बताउनु भयो । अमेरिकी राष्ट्रपतिले इरानलाई नयाँ परमाणु सम्झौताका लागि बाध्य पार्ने प्रयासस्वरूप निरन्तर चेतावनी दिइरहेका बेला ट्रम्प प्रशासनले मध्यपूर्वमा एउटा विमानवाहक युद्धपोत स्ट्राइक समूह र धेरै युद्धपोतहरू तैनाथ गरेको छ ।

मस्को इरानको भविष्यलाई लिएर चिन्तित रहेको र इरान तथा खाडीका अरब राष्ट्रहरूको सहयोग परिषद्बीचको सम्बन्ध पूर्णरूपमा सामान्यीकरण होस् भन्ने पक्षमा रुस रहेको लाभरोभले बताउनु भयो । उहाँको विचारमा इरान र साउदी अरबबीच कुटनीतिक सम्बन्धको पुनस्र्थापनाले यसका लागि आवश्यक आधार तयार गरेको छ ।

सम्बन्धित समाचार

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको...

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको...