Breaking News

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको आतंकवादी हमलापछि यहुदी समुदायप्रति समर्थन जनाउने उद्देश्यले गरिएको हो ।

यद्यपि प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिका कारण यो भ्रमण विवादित समेत बनेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) काअनुसार हर्जोगले एक विज्ञप्ति जारी गर्दै हमलापछिको परिस्थितिमा समुदायप्रति ऐक्यवद्धता प्रकट गर्न र शक्ति प्रदान गर्न अष्ट्रेलियाभरका यहुदी समुदायहरूको भ्रमण गर्ने बताउनुभएको छ।

अष्ट्रेलियाका गभर्नर जनरल र प्रधानमन्त्रीको निमन्त्रणामा आउनुभएका हर्जोगले अष्ट्रेलियाली यहुदी समुदायका नेताहरूसँग प्रमुख सामुदायिक कार्यक्रमहरूमा भाग लिने र वरिष्ठ राजनीतिज्ञहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ । साथै प्यालेस्टिनीहरूप्रति इजरायलको नीति र कदमलाई लिएर केही अष्ट्रेलियाली समूह र सर्वसाधारणबाट हर्जोगको भ्रमणको विरोध भइरहेको छ।

१ हजार भन्दा बढी अष्ट्रेलियाली यहुदीहरूले हर्जोगलाई यहाँ स्वागत छैन भन्दै एउटा खुला पत्रमा हस्ताक्षर गरेका छन् । हर्जोगले भ्रमण गर्ने तय भएका सिड्नी, क्यानबेरा र मेलबर्न लगायतका धेरै अष्ट्रेलियाली सहरहरूमा विरोध प्रदर्शनको योजना बनाइएको छ ।

सम्बन्धित समाचार

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको...

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...