पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छ। अमेरिकी दक्षिणी कमान्डकाअनुसार सोमबार पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न रहेको भनिएको एक डुङ्गामाथि सेनाले कारबाही गरेको हो।
सो कारबाहीमा दुई ‘नार्को–आतङ्ककारी’ मारिएको र एक जना जीवितै फेला परेको अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ। उक्त डुङ्गा सूचीकृत आतङ्ककारी सङ्गठनहरूद्वारा सञ्चालित रहेको र लागुऔषध कारोबारमा प्रयोग भइरहेको कमान्डको दाबी छ।
सेप्टेम्बर महिनाको शुरुदेखि यता क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाले शङ्कास्पद लागुऔषध तस्करीका डुङ्गाहरूमाथि कम्तीमा ३७ वटा हवाई तथा समुन्द्री आक्रमण गरिसकेको छ । यी शृङ्खलावद्ध आक्रमणहरूमा अहिलेसम्म १२० जनाको मृत्यु भइसकेको छ।
ताजा अपडेट
-
१.
भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल
-
२.
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की
-
३.
भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
-
४.
भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा
-
५.
पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...
भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...
प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण
इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको...
इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...




