Breaking News

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताउनुभएको छ। सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

‘हामी ८४ सालको निर्वाचनको तयारीमा थियौँ, तर भदौका ती दुई दिनले हाम्रो आँखा खोलिदिएको छ’ थापाले भन्नुभयो, ‘२३ गते हाम्रा निहत्था नौजवानहरू मारिए, २४ गते देशले ठुलो क्षति व्यहोर्यो। यो क्षति र आक्रोश सरकार, प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो ।’

नागरिकको ‘हैरानी’ र नेताको गैर–जिम्मेवारी
नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा बोल्दै थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको उल्लेख गर्नुभयो ।

‘पढाउँदा लाखौँ खर्च भएको छ, तर शहरमा २० हजारको जागिर छैन । बैंकको ऋणले घाँटी थिचेको छ’ उहाँले भन्नुभयो, ‘यो हैरानीको उपचार खोज्ने जिम्मा लिएका हामीले वास्ता नगरेपछि जनता सडकमा आएका हुन् ।’

राजनीतिक ‘नजरिया’ र दुई घातक प्रवृत्ति
थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको विश्लेषण गर्नुभयो । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको बताउनु भयो ।
‘जसले गल्ती र कमजोरी गरेको कुरालाई स्वीकार्दैन, त्यो कायर हो। जसले स्वीकार्छ र सच्याउने हिम्मत गर्छ, त्यो बहादुर हो। हामीले गल्ती गरेका छौँ र ती गल्ती सच्याएर कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।

सुशासनको संकल्प र भ्रष्टाचार विरुद्धको युद्ध
भ्रष्टाचारलाई ‘नेपालको महारोग’ को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्ने बताउनु भयो । उहाँले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्री भएर आफ्नो आमा, छोरी वा श्रीमतीको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन ।’ उहाँले भन्नुभयो ।
मधेसको मुद्दा र राष्ट्रिय राजनीति

मधेसको मुद्दा उठाउने अन्य दलहरूलाई लक्षित गर्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौंको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र काँग्रेसले गर्ने बताउनु भयो । सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न सकिँदैन भन्ने आत्मबोध भएको उहाँको भनाइ थियो ।
‘मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन, यो मेरो प्रतिज्ञा हो ।’ उहाँले भन्नुभयो ।

थापाले काँग्रेसका उम्मेदवार रामचन्द्र चौधरीलाई निर्वाचित गराउन आग्रह गर्दै ५ वर्ष काँग्रेसलाई मत दिएकोमा कसैले पछुताउनु नपर्ने ग्यारेन्टी गर्नुभयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा

काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...