वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागी सुरक्षा चुनौती बढायोः सांसद रोकाय
काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकको शान्ति–सुरक्षा अवस्थाबारे गम्भीर प्रश्न उठ्न थालेको बताउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले वीरगञ्जमा प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको लागि सुरक्षा चुनौती बढाएको बताउनुभएको हो । नेपाली काँग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहुनुभएका रोकायले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेबारे आम नागरिकमा चासो र चिन्ता बढिरहेको बताउनु भयो ।
उहाँका अनुसार निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न सुरक्षा चुनौतीका घटनाहरू सार्वजनिक भइरहेका छन् । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण भएको घटना गम्भिर भएको उहाँको भनाई छ । प्रहरीमाथि भएको आक्रमण कानूनी शासनमाथिको गम्भीर चुनौतीका रूपमा देखा परेको उहाँले बताउनु भयो ।
कानून कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आए सर्वसाधारण नागरिकको सुरक्षा झन् कमजोर हुने खतरा बढ्ने उहाँको भनाई । माघ २६ गते सिराहा कारागारमा गरिएको सुरक्षा अनुगमन तथा खोजतलासका क्रममा कारागारभित्रै हतियार, एक लाख रुपैयाँ नगद तथा प्रतिबन्धित सामग्री फेला परेको उहाँले बताउनु भयो । कारागारजस्तो उच्च सुरक्षा संवेदनशील स्थानमै हतियार र नगद फेला पर्नुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभको निर्वाचन निष्पक्ष, शान्तिपुण र भयरहित वातावरणमा सम्पन्न हुन्छ, कि हुँदैन भन्ने आम नागरिकको चासो र चिन्ता रहेको छ । निर्वाचन नजिकिँदै जाँदा दिनप्रतिदिन विभिन्न घटनाहरु भइरहेका छन् । माघ २६ गते सिराहा कारागारको सुरक्षा अनुगमन र खोजीको क्रममा कारागारमा नै हतियार र एक लाख रुपैयाँ नगद र प्रतिबन्धित बस्तु फेला परेको समाचार आएको छ । माघ २७ गते पर्साको वीरगञ्जस्थित आर्दशनगरमा अवैध रुपमा तस्करी गरि ल्याईएको समान बरामद गर्न पुगेको शसस्त्र प्रहरीमाथी नै आक्रमण भएको छ । आक्रमणबाट प्रहरीको सवारीसाधन तोडफोड हुनुको साथै व्यापारिक समूहको कुटपितबाट ३ जना प्रहरी घाईते भएका छन् । उक्त आक्रमण कानूनी शासनमाथी गम्भिर चुनौती हो ।
सुरक्षाकर्मी माथी नै आक्रमण हुनु सामान्य घटना होइन, कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आयो भने सर्वसाधारण नागरिक कति सुरक्षित होलान रु यसतर्फ गम्भिर बन्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
रोकायले सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली पनि नियन्त्रणमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...
रमेश लेखक पक्राउ
काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
बालेनलाई भारत-पाकिस्तानको बधाई
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...




