छुटेका भूभाग नक्शामा समावेश गर्यौँ तर उपभोग गर्न सकेका छैनौँः एमाले सांसद भट्टराई
काठमाडौँ। नेकपा एमालेका सांसद नेपालको नक्शामा छुटेका भूमी लिपुलेक, कालापनी र लिम्पियाधुरालाई नेपालको नक्शामा समावेश गर्न सफल भएपनि उपभोग गर्न नपाएको बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिमको सीमावर्ती भूभागलाई नेपालको नक्शामा समावेश गरी संविधानमा व्यवस्था गरिएको निर्णयलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताउनु भयो ।
नेकपा एमाले राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहनुभएका उहाँले उक्त निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई आफ्नो राजनीतिक जीवनकै महत्वपूर्ण क्षणका रूपमा स्मरण गर्नुभयो । भट्टराईकाअनुसार संविधान संशोधनमार्फत समेटिएको सो भूभाग हालसम्म पनि व्यवहारिक रूपमा उपभोग गर्न सकिएको छैन । उहाँले निरन्तरको राजनीतिक अस्थिरताका कारण कुटनीतिक पहल प्रभावकारी हुन नसक्दा गुमेको भूमी फिर्ता ल्याउन समस्या भएको बताउनु भयो । राजनीतिक अस्थिरताले गर्दा कानुनहरु बन्ने गरेपनि कार्यान्वयनमा समस्या भएको अनुभुति भएको उहाँको भनाई छ । उहाँले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक भएको बताउनु भयो । देशको दीर्घकालीन हित र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि स्थिर राजनीतिक वातावरण अपरिहार्य रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामीले हाम्रो संविधानमा छुट भएको सुदूरपश्चिमको सीमानामा रहेको भुभागलाई नेपालको नक्शामा समावेश गरेर संविधानतः व्यवस्था गरेका छौँ । यो निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई एउटा ऐतिहासिक अवसरको रुपमा लिएको छु । यद्यपि अहिलेसम्म उक्त भूमी उपभोग गर्न सकिएको छैन । निरन्तरको राजनितिक अस्थिरताको कारण पनि कुटनीतिक काम व्यवस्थित हुन सकेको छैन । यस्तो हुन नसक्दा कार्यान्वयनमा समस्या रहेको अनुभुति भएको छ । अब राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गरेर भएपनि स्थायित्व हुनु जरुरी छ ।’
उहाँले राष्ट्रिय सभाको कारण नै नेपालको संविधान जीवित रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानलाई केही तत्वहरुले फाल्न खोजेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभाको कारण असफल भएको बताउनु भयो । उहाँले संविधान र संघीयताको सफल कार्यान्वयनको लागि राष्ट्रिय सभाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली पनि नियन्त्रणमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...
रमेश लेखक पक्राउ
काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
बालेनलाई भारत-पाकिस्तानको बधाई
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...




