पश्चिमा राष्ट्रहरूप्रतिको अविश्वासले आणविक वार्तामा अवरोध पुगेको इरानको दाबी
इरानले पश्चिमा राष्ट्रहरूद्वारा सिर्जित अविश्वासको पर्खालले अमेरिकासँगको आणविक वार्तामा बाधा पु¥याइरहेको बताएको छ । आफ्नो आणविक कार्यक्रमका बारेमा कुटनीतिक पहलका लागि तयार रहेको पुनः पुष्टि गर्दै इरानले आफ्नो रक्षा क्षमतामा कुनै सम्झौता नगर्ने अडान समेत व्यक्त गरेको छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा तेहरानमा आयोजित समारोहलाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पश्चिमाहरूले खडा गरेको अविश्वासको वातावरण र अमेरिकाका अत्यधिक मागहरूले वाशिङ्गटनसँगको वार्ताको प्रगतिमा अवरोध पु¥याएको बताउनु भयो । क्षेत्रीय समस्याहरू विदेशी राष्ट्रहरूले नभई क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन् भन्ने आफूहरुको विश्वास रहेको उहाँले बताउनभयो ।
उहाँले इरान कहिल्यै पनि अत्यधिक माग र आक्रामकतासामु नझुक्ने स्पष्ट पार्नुभयो । देशव्यापी उत्सवका क्रममा इरानभरका शहरहरूमा प्रदर्शनकारीहरूले राष्ट्रिय संयन्त्रप्रति आफ्नो ऐक्यवद्धता जनाउँदै अमेरिका र इजरायलका आक्रामक र आपराधिक नीतिहरूको निन्दा गरेका छन्।
सन् १९७९ मा अयातोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा भएको क्रान्तिले अमेरिका समर्थित शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरी इरानलाई इस्लामिक गणतन्त्रमा परिणत गरेको थियो । इरान नजिकै अमेरिकाको सैन्य उपस्थितिका कारण बढेको तनावका बीच तेहरान र वाशिङ्गटनले शुक्रबार ओमानको राजधानी मस्कटमा पहिलो चरणको अप्रत्यक्ष वार्ता गरेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरान विरुद्ध सम्भावित सैन्य कारबाहीका लागि मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाउने विचार गरिरहेको बताउनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




