इजिप्टको नयाँ रक्षामन्त्रीमा जनरल असरफ सालेम जाहेर नियुक्त
इजिप्टको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद् पुनर्गठनको एक हिस्साको रूपमा जनरल असरफ सालेम जाहेरलाई नयाँ रक्षामन्त्री नियुक्त गरिएको छ । इजिप्टियन मिलिटरी एकेडेमीका कमान्डेन्ट रहनुभएका जाहेरले जनरल अब्देल मजिद साक्रको स्थान लिनुभएको छ । जो सन् २०२४ जुलाईदेखि सो पदमा कार्यरत हुनुहुन्थ्यो । यस पुनर्गठनलाई मंगलवार संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको आपतकालीन साधारण सत्रले अनुमोदन गरेको थियो ।
यद्यपि जाहेरको नियुक्ति त्यस समयमा घोषणा गरिएको थिएन । राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले बुधवार २३ सदस्यीय मन्त्रिपरिषद्का सदस्यहरूको शपथ ग्रहण समारोहको अवलोकन गर्नुभयो । सन् २०१८ मा पदभार ग्रहण गरेका मुस्तफा मदबुली नै प्रधानमन्त्रीको रूपमा यथावत रहनुभएको छ । यस पुनर्गठनमा सूचना राज्य मन्त्रालय र लगानी मन्त्रालयको सिर्जना गरिएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा अन्तर्राष्ट्रिय सहयोगको जिम्मेवारी थप गरी यसको नाम परराष्ट्र, अन्तर्राष्ट्रिय सहयोग र इजिप्टियन प्रवासी मन्त्रालय राखिएको छ ।
अन्य मुख्य नियुक्तिहरूमा हुसेन इसा आर्थिक मामिलाका लागि उपप्रधानमन्त्री, मेजर जनरल सलाह सोलिमान सैन्य उत्पादन राज्यमन्त्री र विश्व बैंकका वरिष्ठ अर्थशास्त्री अहमद रुस्तम योजना मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




