ग्रिकका किसानद्वारा एथेन्समा ट्याक्टर र्यालीः उत्पादन लागत घटाउन र राहतको माग
बढ्दो उत्पादन लागत र आम्दानीमा भएको घाटाको विरोध गर्दै ग्रीसभरका किसानले राजधानी एथेन्समा ट्याक्टरसहित प्रदर्शन गरेका छन् । ग्रिकभरका किसान शुक्रवार राजधानी एथेन्समा राष्ट्रव्यापी आन्दोलनका लागि भेला भएका थिए ।
ग्रिकको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार करिव ७० वटा ट्याक्टर र कृषि सवारी साधनहरू सिन्टाग्मा स्क्वायरमा पुगेर संसद भवन अगाडि पार्क गरिएका थिए । यो प्रदर्शनले ग्रिकको कृषि क्षेत्रमा व्याप्त असन्तुष्टिलाई उजागर गरेको छ । किसान प्रतिनिधिहरूले राजमार्ग अवरोधपछि अब आन्दोलनलाई शहरी केन्द्रहरूमा केन्द्रित गरिएको बताएका छन् । उनीहरूले कृषि उत्पादन लागत घटाउन, घटेको आम्दानीको क्षतिपूर्ति दिन र भेडामा लाग्ने ‘शिप पक्स’ रोगका कारण पशुपालनमा परेको असरलाई सम्बोधन गर्न लक्षित सहयोग नीति ल्याउन सरकारसँग माग गरेका छन् ।
यसैबीच ग्रिकको कृषि विकास तथा खाद्य मन्त्रालयले अनुदान भुक्तानीमा देखिएका समस्या समाधान गर्न एक सुधार प्लेटफर्म खोलिएको जनाएको छ । सरकारले डिजेलमा लाग्ने विशेष उपभोग कर फिर्ता गर्ने र बाली अनुसार इन्धन बाँडफाँडको पुनः गणना गर्ने विषयमा परामर्श गर्ने योजना पनि अघि सारेको छ । आन्दोलनका कारण एथेन्सको केन्द्रिय क्षेत्रमा ट्राफिक नियन्त्रणका उपायहरू लागू गरिएको थियो ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




