अन्तर्राष्ट्रिय

युद्धविराम अनुगमन संयन्त्र अघि बढेसँगै मोनुस्को प्रमुखद्वारा गोमाको भ्रमण

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन/मोनुस्कोकी कार्यवाहक प्रमुख भिभियन भान डे पेरे गोमा पुग्नुभएको छ । उहाँको यो भ्रमणलाई कङ्गो सरकार र ‘मार्च २३ मुभमेन्ट’ /एम२३ विद्रोहीबीच संयुक्त युद्धविराम अनुगमन तथा प्रमाणीकरण संयन्त्र कार्यान्वयन गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

उहाँ सवार हेलिकप्टर गोमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सन् २०२५ को जनवरीमा यो पूर्वी शहर एम २३ विद्रोहीको नियन्त्रणमा गएपछि उक्त विमानस्थल बन्द रहँदै आएको छ । विमानस्थल बन्द हुँदा द्वन्द्वग्रस्त यस क्षेत्रमा मानवीय सहायता सामग्रीको ढुवानी र कूटनीतिक आवतजावतमा जटिलता उत्पन्न भएको छ । यस क्षेत्रमा अझै पनि समय–समयमा फाट्टफुट्ट झडपहरू भइरहेका छन् ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...