अत्याधिक माग बिना अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्नसक्ने इरानको संकेत
इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक मागबाट मुक्त भए यसले आपसी हितको रक्षा गर्दै अघि बढ्नसक्ने बताउनुभएको छ । इरानको रक्षा परिषदका सचिव अली शामखानीले कतारको अल जजिरासँगको एक अन्तर्वार्तामा उक्त टिप्पणी गर्नुभएको हो । उहाँले आफ्नो देश र संयुक्त राज्य अमेरिका बीच फेब्रुअरी ६ मा ओमानमा सम्पन्न पहिलो चरणको अप्रत्यक्ष आणविक वार्ताको सन्दर्भमा यो कुरा राख्नुभएको थियो ।
शामखानीले पश्चिम एसियाको स्थिरता र सुरक्षामा नकारात्मक असर पार्ने कार्यहरू र गतिविधिहरूबाट टाढा रहनु सबै पक्षका लागि तार्किक र र्कीक मार्ग भएको बताउँदै, क्षेत्रमा कूटनीतिक उपायहरू तनाव कम गर्ने र राजनीतिक समाधानहरूलाई सुदृढ गर्ने उद्देश्यमा केन्द्रित रहेको बताउनु भयो । उहाँले इरानको क्षेप्यास्त्र कार्यक्रम देशको रातो रेखा भएको र यो वार्ताको विषय नहुने कुरामा जोड दिँदै, देशविरुद्ध हुने कुनैपनि सम्भावित दुस्साहसको इरानले बलियो, निर्णायक र उपयुक्त जवाफ दिने चेतावनी दिनुभयो ।
उहाँले अमेरिकी समर्थन बिना इजरायलले इरानमाथि आक्रमण गर्न नसक्ने बताउँदै, इरानको सैन्य तयारीको स्तर उच्च रहेको र इरानविरुद्ध कुनै पनि पक्षले गर्ने गलत अनुमानको मूल्य भारी पर्ने कुरामा जोड दिनुभयो । कूटनीतिक प्रयासहरूका बावजुद, तेहरान र वासिङ्टन बीचको बढ्दो तनाव र यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको वृद्धिको बीचमा उनका यी टिप्पणीहरू आएका हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा
काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...
विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त
काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...




