विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि वार्षिक १.३ ट्रिलियन डलर उपलब्ध गराउनुपर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्ना प्रतिवद्धताहरू पूरा गर्नुपर्ने र जलवायु अनुकूलनका लागि सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई वार्षिक १।३ ट्रिलियन अमेरिकी डलर वित्तपोषण गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका प्रमुखले इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी युनियन ९एयू० को मुख्यालयमा शनिवार शुरु भएको अफ्रिकी युनियनका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको सम्मेलनको ३९ औं साधारण सत्रको उद्घाटन सत्रमा सो आह्वान गर्नुभएको हो ।
उहाँकाअनुसार जलवायु परिवर्तनले पृथ्वी र मानिसहरूको जीविकोपार्जनमा विनाशकारी असरहरू पारिरहेको छ । जसमा यो संकटमा लगभग शून्य योगदान पु¥याएको अफ्रिकाले औसतभन्दा बढी दरमा तापक्रम वृद्धिको सामना गरिरहेको छ । उहाँले यो पनि उल्लेख गर्नुभयो कि यदि अफ्रिकी महाद्वीपले सौर्य ऊर्जा लगायतका नवीकरणीय स्रोतहरूको उपयोग गर्न सकेमा यो विश्वकै स्वच्छ ऊर्जाको पावरहाउस बन्नसक्छ । जहाँ विश्वको उत्कृष्ट सौर्य सम्भावनाको ६० प्रतिशत हिस्सा रहेको छ । यद्यपि, अफ्रिकाले हाल विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको मात्र दुई प्रतिशत प्राप्त गरिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा
काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...
विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त
काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...




