संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही समूहका नेताहरूसँग भेट गरी युद्धविराम अनुगमन संयन्त्रबारे छलफल गर्नुभएको छ ।
सन् २०२५ को जनवरीमा विद्रोही समूहले गोमा शहर कब्जा गरेपछि सुरक्षा अवस्था बिग्रिएकै अवस्थामा भान डे पेरे हेलिकप्टरमार्फत त्यहाँ पुग्नुभएको हो । उहाँको यो भ्रमण क्षेत्रीय शान्ति संरचना अन्तर्गत परिकल्पना गरिएको युद्धविराम अनुगमन र प्रमाणीकरण संयन्त्रलाई सक्रिय बनाउने प्रयासको एक हिस्सा हो । विद्रोही समूहसँग आवद्ध राजनीतिक–सैनिक गठबन्धन कङ्गो रिभर एलायन्सका नेता कोर्नेइल नाङ्गासँगको वार्तापछि पेरेले दोहा प्रक्रिया अन्तर्गत हस्ताक्षर गरिएको सम्झौता बमोजिम युद्धविरामलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मोनुस्कोले सुरक्षा परिषद्को प्रश्ताव, २८०८ बमोजिम स्थायी युद्धविरामका लागि प्राविधिक र प्रमाणीकरण सहयोग उपलब्ध गराउने म्यान्डेट पाएको उल्लेख गर्नुभयो । एम२३ का वरिष्ठ अधिकारी बेन्जामिन एमबोनिम्पाले संयुक्त राष्ट्र संघको भुमिकाको स्वागत गर्दै विद्रोही नियन्त्रित क्षेत्रमा राष्ट्र संघका कर्मचारीहरूलाई पूर्ण सुरक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, मध्यस्थकर्ता मुलुक अङ्गोलाले फेब्रुअरी १८ देखि लागू हुनेगरी प्रश्ताव गरेको युद्धविरामलाई कङ्गो सरकारले स्वीकार गरेको छ । यद्यपि एम २३ ले भने आफूहरूलाई यसबारे आधिकारिक जानकारी नभएको दाबी गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो
काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि...
विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि वार्षिक १.३ ट्रिलियन डलर उपलब्ध गराउनुपर्ने
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्ना प्रतिवद्धताहरू पूरा गर्नुपर्ने र जलवायु अनुकूलनका लागि सन् २०३५ सम्ममा विकासोन्मुख...
अत्याधिक माग बिना अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अघि बढ्नसक्ने इरानको संकेत
इरानका सर्वोच्च नेता अली खामेनेईका एक वरिष्ठ सल्लाहकारले यदि तेहरान र वासिङ्टन बीचको वार्ता यथार्थमा आधारित भए र अत्यधिक...
ढाकामा ‘पहेला फागुन’ भव्य रूपमा मनाइयो
शनिवार वसन्त ऋतुको पहिलो दिन अर्थात ‘पहेला फागुन’ को अवसरमा बंगलादेशको राजधानी ढाका रङ्गीचङ्गी देखिएको छ । यस उत्सवको...




