अब जित निकाल्नुपर्ने बेला आयोः मोन्टी देशाई
काठमाडौँ। नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने दृढता व्यक्त गर्नुभएको छ । मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रशिक्षक देसाईले आफ्नो जन्मस्थल र नेपाली क्रिकेटप्रतिको लगावलाई जोडेर यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालको समर्थनका लागि आफूसँग ठूलो र विशेष कारण रहेको बताउनु भयो । नेपाली क्रिकेट टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गौरव व्यक्त गर्दै देसाईले अब केवल प्रतिष्पर्धामा मात्र सिमित नभई जित निकाल्नुपर्ने बेला आएको बताउनुभयो।
उहाँले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब नतिजा निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो । देसाईकाअनुसार विश्व मञ्चमा जित हात पार्नु आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको मुख्य स्रोत बन्नेछ ।
उहाँले नेपाली प्रशंसकहरूको अटुट माया नै आफ्नो मुख्य प्रेरणा रहेको स्वीकार गर्नुभयो । मैदानमा टोलीको प्रदर्शनमा कहिलेकाहीँ एकरूपता नहुनसक्ने तर मैदान बाहिर समर्थन सधैं उत्कृष्ट र स्थिर रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा
काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...
विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त
काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...




