Breaking News

४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
उद्योग विभागकाअनुसार चालु आ।व।को साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । त्यस्तै सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने सूचना प्रविधिमूलक २ सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आ।व। सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।
विभागकाअनुसार माघसम्म वैदेशिक लगानीका कुल ५ सय २५ उद्योग दर्ता भएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...