Breaking News

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ । केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम गर्न, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गर्न ऐन संशोधन गर्न लागिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय तथा नियमन कार्यलाई थप प्रभावकारी बनाउन र आर्थिक वर्ष २०८२÷०८३ को बजेट बक्तव्य, नेपाल राष्ट्र बैंकको चौंथो रणनीतिक योजना ९२०२२–२०२६० तथा मौद्रिक नीतिमा उल्लेख भए बमोजिम नेपाल राष्ट्र बैंक ऐनमा समयानुकूल परिमार्जन तथा संशोधन गर्न आवश्यक भएकोले ऐन संशोधन गर्न मस्यौदा बनाइएको छ ।
ऐन संशोधनमार्फत वर्तमान आर्थिक तथा वित्तीय परिवेशअनुरूप ऐनलाई संशोधन गर्दै केन्द्रीय बैंकको स्वायत्तता सुदृढीकरण गरिनेछ भने ऐन संशोधन गरि केन्द्रीय बैंकको उद्देश्य र कार्यक्षेत्रमा थप स्पष्टता गरिनेछ ।

अथ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा डिजिटल बैंक तथा डिजिटल मुद्राको अवधारणा ग्रहण र नियमन, जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको प्रवद्र्धन, मुद्रास्फीति नियन्त्रणसम्बन्धी व्यवस्थाको सुदृढीकरण, संघीय संरचनाअनुरूप नेपाल राष्ट्र बैंकको भूमिका मिलान, अन्तर्राष्ट्रिय लेखा मापदण्डअनुरूप वासलात तथा प्रतिवेदन प्रणालीको आधुनिकीकरण, बैंक तथा वित्तीय संस्थाको फरफारख सम्बन्धी व्यवस्थामा थप स्पष्टता गर्न ऐन संशोधन गर्न लागिएको उल्लेख छ ।

ऐन संशोधन गर्न तयार पारिएको मस्यौदामा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २ मा संशोधन गर्न खोजिएको छ । “वित्तीय संस्था” को परिभाषालाई थप स्पष्ट पार्न खोजिएको छ । मस्यौदामा भनिएको छ, ‘वित्तीय संस्था भन्नाले वित्तीय होल्डिङ कम्पनी, कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनको लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था वा डिजिटल बैङ्क सम्झनु पर्छ र सो शब्दले विप्रेषण कारोबार गर्ने, भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्ने संस्था वा बैङ्कको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्थालाई समेत जनाउँछ ।’

पछिल्लो समय डिजिटल बैंकिङसँगै अनलाइन भुक्तानी बढेसँगै राष्ट्र बैंकले आफ्नो ऐनलाई समेत समयानुकुल बनाउन खोजेको देखिन्छ । मस्यौदामा ‘डिजिटल बैङ्क’ भन्नाले भौतिक शाखा वा सञ्जाल बिना डिजिटल माध्यमबाट वित्तीय कारोबार सञ्चालन गर्न बैङ्कबाट इजाजत प्राप्त वित्तीय संस्था सम्झनुपर्ने उल्लेख गरिएको छ । डिजिटल मुद्रालाई पनि चिन्न ऐन संशोधन गर्न खोजिएको छ । ‘मुद्रा भन्नाले करेन्सी, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र वा क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैङ्कले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारको मौद्रिक उपकरणलाई समेत जनाउँछ,’ मस्यौदामा भनिएको छ ।

ऐनको दफा १० लाइ संशोधन गर्ने तयारी समेत गरिएको छ । मूल ऐनको दफा १० मा बैङ्कले आफ्नो उद्देश्य प्राप्तिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सार्वजनिक निकाय वा तिनको एजेन्सी वा निकायसँग आवश्यक समन्वय गर्न सक्नेछ व्यवस्था थप्न खोजिएको छ भने सो दफा भित्र रहेको सार्वजनिक निकाय भन्ने शब्दहरुको सट्टा प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक निकाय, सहकारी, उद्योग व्यवसाय शब्दहरु राख्न खोजिएको छ ।

ऐनको दफा २७ मा समेत संशोधनको तयारी गरिएको छ । उक्त दफामा कायम मुकायम भई काम गर्नेसम्बन्धि व्यवस्था छ । प्रस्तावित मस्यौदामा भनिएको छ–‘ बहालवाला गभर्नरको मृत्यु भएमा, पदबाट राजीनामा दिएमा, यस ऐन बमोजिम पदबाट निलम्बन भएमा, गभर्नर विदेश भ्रमणमा जानु परेमा वा बिदामा बसेमा वा कुनै कारणले गभर्नरले बैंकको काम गर्न नसक्ने भएमा गभर्नर पदको कामकाज गर्नेगरी नेपाल सरकारले बैंकको वरिष्ठ डेपुटी गभर्नरलाई कायम मुकायम गभर्नरको रुपमा तोक्नेछ ।’ अर्थ मन्त्रालयले सार्बजनिक गरेको मस्यौदामा अहिले सर्वसाधरणको सुझाव संकलन गरिँदैछ । उक्त सुझाव समेटेर आउँदो संसद्बाट यो विधेयकलाई अघि बढाउने तयारी गरिएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...