अर्थ
३ फागुन २०८२ १४:११
खबर सेवा · More from author
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
खबर सेवा
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ ।
गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गर्नुभएको थियो । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उहाँले बजारमा समस्या नरहेको सुनाउनुभयो ।
त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु तीन लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो ।
विदेशबाट फर्किएर सुन्तलाखेतीमा लाग्नुभएका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताउनुभयो । यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन् । गत वर्ष यहाँका किसानल रु ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२१।९ मेट्रिकटन सुन्तला बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ११८२१।७ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा १६७० हेक्टर सुन्तलाखेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकास्थित डुम्रीखर्क, डाँडापानी, खोलागाउँ, झारपुङ, घिरिङ गाउँपालिकास्थित च्याचुल, उवाथोक, मेवापानी, पोखरीछाप, देवघाट गाउँपालिकास्थित नरम, छिपछिपे, लुम्रिङ, दगारा, भिमाद नगरपालिकास्थित अक्सपाङ्दी, चामबोट, कोखे, म्याग्दे गाउँपालिकास्थित बहपुर, उमाचोक, छाङ, ऋषिङ गाउँपालिकास्थित अर्चल्दी, दुवुङ, बन्दीपुर गाउँपालिकास्थित धरमपानी, कमलबारी, काफलस्वारा, झारगाउँ, बासपानी, व्यास नगरपालिकास्थित तनहुँसुर, बेनीकोट र शुक्लागण्डकी नगरपालिकास्थित नाम्सीकोट र ज्याङ्लादी सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् ।
त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तलाखेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
(((
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
३ फागुन २०८२ २०:१९
११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...
३ फागुन २०८२ १७:१४
नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै
काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा...
३ फागुन २०८२ १४:०८
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।...
३ फागुन २०८२ १३:१५




