रास्वपाले ल्यायो करारपत्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याउने करारपत्रको नमुना सार्वजनिक गरेको छ। जसमा पाँच वटा विषय समावेश गरिएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा निर्वाचनका लागि नागरिक करारपत्र ल्याउने लागेको जनाएका छन्। रास्वपाले चुनावी घोषणापत्रको ठाउँमा नागरिक करार पत्र ल्याउन लागेको हो।
आइतबार लामिछानेले सार्वजनिक गरेको करारपत्रको नमुनामा पाँच विषय समेटिएका छन्। पहिलो, सदाचार र असल शासन। यस अन्तर्गत भ्रष्टाचार विरोधी महाअभियान सञ्चालन गर्ने र २०४६ सालदेखिकै सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने भनेको छ।
दोस्रो, मध्यम वर्गीय विस्तार। नागरिकको औषत वार्षिक प्रतिव्यक्ति आय ३ हजार डबलर पु¥याउने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उल्लेख छ।
तेस्रोमा रास्वपाले काम भनेको छ। रास्वपाले १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाइएको छ।
चौथो, कनेक्टिभिटी। यसअन्तर्गत गणस्तरीय सडक र हवाई सञ्जाल, सुलभ इन्टरनेटको व्यवस्था गर्नै जनाइएको छ। त्यस्तै, १० वटा राष्ट्रिय महत्त्वका ‘सिग्नेचर आयोजना’ सम्पन्न गर्ने पनि उल्लेख छ।
पाँचौ, प्रवास। विदेशमा बस्ने नेपालीलाई अनलाइन मतदानको व्यवस्था, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण बनाउने तथा मर्यादित वैदेशिक रोजगारीको व्यवस्था गर्ने जनाइएको छ।
चुनावका लागि करारपत्रबारे विस्तृत जानकारी भने फागुन ७ गते सार्वजनिक गर्ने लामिछानेले जनाउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा
काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...
विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त
काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...




