उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा
काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको प्रतिबद्धतापत्रमा उज्यालो नेपालले अर्गानिक कृषि क्रान्तिको वाचा गरेको हो। ‘५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा गरी उत्पादित वस्तु विक्रीका लागि बजारीकरणको व्यवस्था मिलाइनेछ’, प्रतिबद्धता पत्रमा भनिएको छ‚ ‘कृषि उत्पादनमा लागत मूल्यमा २० प्रतिशतले थप गरी खरिद गर्ने व्यवस्था मिलाइनेछ।’
किसानलाई प्रत्यक्ष अनुदान शीर्षकमा यो पार्टीले डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सीधै किसानको खातामा जाने व्यवस्था मिलाउने घोषणा गरेको छ ।
यसैगरी कृषि सहकारी स्टार्टअप फन्ड अन्तर्गत युवा किसान समूहलाई २५ लाखसम्मको सहुलियत ऋण ५ वर्षका लागि उपलब्ध गराउने वाचा गरिएको छ।
कृषि सिंचाइको लागि प्रयोग हुने विद्युत निःशुल्क दिने, व्यावसायिक कृषि गर्ने किसानको लागि माछा, कुखुरा तथा बाख्रा पालन, च्याउ उत्पादन, चिया खेती आदी कार्यका लागि सहुलियतपूर्ण विद्युत महशुलको व्यवस्था मिलाउने प्रतिबद्धता उज्यालो नेपालले गरेको छ।
जलवायु परिवर्तनका कारण कृषि, ऊर्जा लगायतका महत्वपूर्ण क्षेत्रहरु नराम्ररी प्रभावित भइरहेको अवस्थामा दलहरुका घोषणापत्रमा यो मुद्दा कसरी समेटिनेछन् भन्ने प्रश्नका वीच उज्यालो नेपालले जलवायु, अनुकूलन र विपद् बिमाका विषय उल्लेख गरेको छ।
‘जलवायु अनुकूलित हरित पूर्वाधारमार्फत विपद् पूर्व तयारीलाई योजनाबद्ध, प्रभावकारी र दिगो बनाइनेछ, उज्यालो नेपाल पार्टीको निर्वाचन प्रतिबद्धता पत्रमा भनिएको छ, सबै नागरिकका लागि विपद् बिमा सुनिश्चित गरिनेछ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त
काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...
रास्वपाले ल्यायो करारपत्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याउने करारपत्रको नमुना सार्वजनिक गरेको छ। जसमा पाँच वटा विषय...




