अर्थ

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन्।

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ। उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ। निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए।

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे।

विश्व बैंकको ऋण सहयोग रु चार अर्ब ८० करोड ५९ लाख मा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो। रासस

सम्बन्धित समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति...

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, केन्द्रिय बैंकको कार्यसम्पादनमा थप स्वयत्तता प्रदान गरिँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा...

४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।...