Breaking News

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणापत्रमा उल्लेख गरिएको बताउनुभयो।

घोषणापत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानून व्यवस्था खारेज गराउन र बुबाआमा दुवै वंशजको नेपाली नागरिकको छोराछोरीलाई मात्र वंशज नेपाली नागरिक हुने कानून व्यवस्थाका लागि संघर्ष चालु राखिने भनिएको छ।

त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरू, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधीशहरूको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिबद्धता पनि गरिएको छ।

सचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बिमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताउनुभयो। उहाँले सहकारीमार्फत घरघरमा काम गर्ने, कुटीर व्यवसाय, ससाना घरेलु र साना उद्योगको बन्दोबस्त गराउन सके सहकारी संस्थाहरूमा भइरहेको ठगी नियन्त्रण हुने भएकाले सो काम गर्नका लागि पहल गरिने बताउनुभयो।

कृषि उत्पादन बढाउन आवश्यक र सम्भव ठाउँमा सिंचाइका नहरहरू बनाउन संघर्ष गरिने तथा मल कारखाना र बीउबिजनको बन्दोबस्न गरिने संकल्प पनि घोषणापत्रमा गरिएको छ।

सम्बन्धित समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

उज्यालो नेपालको प्रतिबद्धता : ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक कृषि क्षेत्र घोषणा

काठमाडौं। अन्तरिम सरकारका पूर्वमन्त्री कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले अर्गानिक उत्पादनलाई प्राथमिकता दिनका लागि पाँच बर्षमा ५०...

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...

रास्वपाले ल्यायो करारपत्र

रास्वपाले ल्यायो करारपत्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको निर्वाचनका लागि ल्याउने करारपत्रको नमुना सार्वजनिक गरेको छ। जसमा पाँच वटा विषय...