सिंहदरबारमा आगो लगाउनेहरुले भ्रष्टाचारको अन्त्य गर्छु भन्नेकुरा सही होइनः नारायणमान बिजुक्छे
काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारलगायतका देशका मुख्यमुख्य प्रशासनिक निकायहरुमा आगो लगाउने काम गलत भएको बताउनुभएको छ। आइतबार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष विजुक्छेले मुलुकको मुख्यमुख्य स्थानहरुमा आगो लगाउने काम गरेर भ्रष्टाचारमुक्त गर्ने कुरा सही नभएको समेत बताउनुभयो।
उहाँले हरेकलाई योग्यता अनुसारको काम र दाम दिने कुराले मात्रै मुलुकलाई सही बाटोमा अघि बढाउने समेत बताउनुभयो।
उहाँले भन्नुभयो,‘भ्रष्टाचारको विरोध गर्नु ठिक हो। तर सिंहदरवार जलाएर, राष्ट्रपति भवन र अरु सबै स्कुल, कलेजमा आगो लगाएर भ्रष्टाचार अन्त्य हुन्छ भन्ने सोचो होइन। योग्यता अनुसारको काम छैन । काम अनुसार ज्याला यहाँ छैन। त्यसैले हाम्रो भोटमा कमी आउँछ । अध्यक्ष विजुक्छेले आफ्नो पार्टी सरकारमा नजाने अडान दोहो¥याउँदै संसदमार्फत देश र जनताको पक्षमा काम गर्न सरकारलाई दवाव दिने कामलाई तिब्रता दिने समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...
मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छः डा. सुनिल शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्टै स्वायत्त आयोग चाहिन्छः सुनिलबाबु पन्त
काठमाडौँ। अधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि छुट्टै स्वायत्त आयोग आवश्यक रहेको बताउनुभएको छ । मायाको...




