मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छः डा. सुनिल शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताउनु भएको छ । आईतवार मोरङकोकानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता शर्माले काँग्रेस नयाँ नेतृत्वसहित नयाँ मिसन र भिजन लिएर आएकाले पनि काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले एक महिना अघिबाट काँग्रेसमा नयाँ पुराना दुवै पुस्ताले रुचाएको नयाँ नेतृत्व आएकाले त्यसैलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो ।
नेता शर्माले भन्नुभयो,‘यहाँ गाउँमा अचेल एक हुल मान्छेहरु आएर के भन्दा रहेछन् भने–भोट नयाँलाई हाल्ने, नयाँलाई दिनुप¥यो नि । अनि मैले सोचे–विज्ञापन त हाम्रो नै गर्दैछन । सबभन्दा नयाँ काँग्रेस पार्टीको नेतृत्व आजभन्दा एक महिना अगाडि हामीले परिवर्तन गरेको होइन रु हाम्रो पार्टीको नेतृत्व, काँग्रेस पार्टीको नेतृत्व बदलिएको नेतृत्व युवाहरु त्यही पनि गुरु घिमिरेहरु भनेको त हाम्रो यहीबाट एसएलसी गरेको मान्छे । हामीले सम्मानजनक ढंगले मोरङबाट गएको काँग्रेसको सत्ता सुदूरपश्चिममा गएको सत्तालाई फर्काएर ल्यायौ । अनि विचार नयाँ ल्यायौ । विपी कोइरालाले, गिरिवाबाबुले, सुशील कोइराला, सुवर्ण शमशेरहरुले छोडेर जानु भएको जुन आदर्श छ, त्यो सँगसँगै नयाँ युवा साथीहरु काँग्रेसको नेतृत्वमा ल्यायौँ । जेन—जी पुस्ताले पनि मान्ने, बुढा पुस्ताहरुले पनि माया गर्ने । सबैलाई ल्याएर हामीले अहिले बदलिएको काँग्रेस लिएर हामी आइरहँदाखेरी अब कुन नयाँ चाहियो साथीहरुलाई रु त्यसकारण तपाईहरुले गाउँमा गएर भन्न सक्नु प¥यो–बदलिएको काँग्रेस नयाँ मिशन, भिजनसहित आज काँग्रेस गाउँमा आएको छ । त्यसलाई बहुमत दिएर मुलुकलाई दुर्घटनाबाट जोगाउनु पर्दछ ।’
त्यस अवसरमा नेता शर्माले आफूले सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा ३० वर्षमा पनि अरुले गर्न नसकेको काम गरेर देखाएको दावी समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्टै स्वायत्त आयोग चाहिन्छः सुनिलबाबु पन्त
काठमाडौँ। अधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि छुट्टै स्वायत्त आयोग आवश्यक रहेको बताउनुभएको छ । मायाको...
सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौंः कुलमान घिसिङ
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ। आइतबार काठमाडौंमा पार्टीको चुनावी घोषणा...




