Breaking News

अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर

पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी गरेको छ । ‘वेरोनिका ३’ नामको उक्त जहाजलाई क्यारिबियन सागरदेखि हिन्द महासागरसम्म अमेरिकी अधिकारीहरूले पिछा गरेका थिए र अन्ततः त्यसलाई रोकेर निरीक्षण गरिएको पेन्टागनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

जहाज ट्र्याकिङ र सामुन्द्रिक तथ्याङ्क वेबसाइटहरूले वेरोनिका ३ लाई पानामाको झण्डा भएको तेल ट्याङ्करका रूपमा पहिचान गरेका छन् । ठीक एक हप्ताअघि पनि अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित ’एक्विला २’नामको तेल ट्याङ्करलाई क्यारिबियनबाट पिछा गर्दै हिन्द महासागरमा नियन्त्रणमा लिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा भेनेजुएला प्रवेश गर्ने वा बाहिरिने सबै अमेरिकी प्रतिवन्धित तेल ट्याङ्करहरूमाथि ‘पूर्ण नाकाबन्दी’ को आदेश दिएका थिए । जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी छापा र गिरफ्तारीपछि पनि यो नाकाबन्दी जारी रहेको छ ।

सम्बन्धित समाचार

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...

प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था

प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले राज्यको शासकीय स्वरूपदेखि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रश्ताव अगाडी सारेको छ ।  आगामी...

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले...

कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...