गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी र दक्षिणी गाजाका शरणार्थी शिविर र विस्थापितहरूको आश्रयस्थलमा यी आक्रमणहरू भएका हुन् । यसअघि नौ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या परिमार्जन गरिएको थियो ।
नागरिक रक्षा प्रवक्ता महमुद बसलले इजरायली लडाकु विमान र ड्रोनले बिहानदेखि मध्याह्नसम्म विभिन्न क्षेत्रमा आक्रमण गरेको बताउनु भयो । गाजा शहरको पश्चिममा पर्ने तेल अल–हावामा भएको ड्रोन आक्रमणमा सामी अल–दहदोह नाम गरेका एक व्यक्तिको मृत्यु भएको छ ।
जो इस्लामिक जिहाद समूहका सदस्य रहेको बताइएको छ । त्यस्तै, उत्तरी गाजाको बेत लाहियामा भएको अर्को आक्रमणमा तीन जना गम्भीर घाइते भएका छन् । यसअघि जबालिया शरणार्थी शिविर र खान युनिसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १० जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले जबालियाको उत्तरमा रहेको शेख जायद क्षेत्रमा घरहरू समेत भत्काएका छन् । गाजा शहरको पूर्वी भागमा पर्ने अल–तुफाह क्षेत्रमा पनि आर्टिलरी गोलाबारी भएको खबर छ ।
गाजा स्वास्थ्य अधिकारीका अनुसार युद्धविराम लागू भएदेखि ६०१ प्यालेस्टिनी मारिएका छन् भने १ हजार ६ सय ७ घाइते भएका छन् । ७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ र १ लाख ७१ हजार ७ सय १५ जना घाइते भएका छन् ।
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...
प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले राज्यको शासकीय स्वरूपदेखि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रश्ताव अगाडी सारेको छ । आगामी...
आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित
काठमाडौँ। आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले...
कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...




