Breaking News

टी २० विश्वकप २०२६ : अन्तिम खेल खेल्दै नेपाली टोली

काठमाडौँ। आइसिसी टी २० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्।

अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ रनले पराजित भएको थियो। त्यसपछिका खेलहरूमा नेपालले लय गुमाउन पुगेको थियो।

इटालीसँग १० विकेट र त्यसपछि वेस्ट इण्डिजसँग ८ विकेटले नेपाल पराजित भएको थियो। आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ। नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्। खेलअघि नेपाल क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले स्कटल्याण्ड विरूद्धको खेलमा खेलाडीहरूले गल्ती नदोहोर्‍याएको हेर्न चाहेको बताएका थिए।

सम्बन्धित समाचार

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका...

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

इलाम । फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् ।...