कस्तो रहला आजको मौसम
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा पहाडी र तराई भूभागमा छिटपुट वर्षा भएको छ। मंगलबार तराई भूभागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहने पूर्वानुमान छ।
साथै देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
मंगलबार राति पनि तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। राति गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ। सामाजिक सञ्जालमा आज...
वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु
धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु...
पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ
काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका...
विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी...




