चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड
काठमाडौँ। आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरीको परिचालन तिब्र पारिएको छ । अहिले राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएको देख्न सकिन्छ ।
नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण, र निर्वाचन आचारसंहिता पालनाका विषयमा सुक्ष्म प्रशिक्षण दिइरहेको छ । प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् ।
यो परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ । म्यादी प्रहरीहरूलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पु¥याउने मुख्य जिम्मेवारी दिइएको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




