Breaking News

पाकिस्तानको खैबर पख्तुनख्वामा विष्फोटः दुईको मृत्यु, १२ घाइते

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमवार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीकाअनुसार यो विष्फोट बन्नु जिल्लाको मिरियान पुलिस स्टेशनको मुख्य गेट अगाडि बिहान १० बजे भएको थियो । सुरक्षा बल र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याइएको छ । जसमा केहीको अवस्था चिन्ताजनक छ ।

प्रहरीले विष्फोटको प्रकृतिबारे अनुसन्धान भइरहेको जनाएको छ । खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विष्फोटको निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका...

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

इलाम । फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् ।...