आईएस–संवद्ध अष्ट्रेलियालीहरूको सिरियाबाट स्वदेश फिर्तीमा ढिलाइ
सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित भएको छ। सोमवार ११ अष्ट्रेलियाली परिवारका ३४ सदस्यहरूलाई उत्तरपूर्वी सिरियाको रोज क्याम्पबाट फिर्ता लैजाने योजना बनाइएको थियो । तर सिरियाली अन्तरिम प्रशासनले आवश्यक समन्वय नपुगेको भन्दै उक्त प्रक्रियालाई बीचैमा रोकिदिएको छ ।
क्याम्प अधिकारी शेखमोस अहमदकाअनुसार परिवारहरूलाई दमास्कस पुग्नु अगावै क्याम्पमै फर्काउन आदेश दिइएको थियो । अधिकारीहरूकाअनुसार दमास्कस प्रशासनसँग समन्वय गरेर नयाँ मिति तय गरिनेछ । रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिमले हाल यस क्याम्पमा ४० भन्दा बढी देशका ७४२ परिवारहरू बसोवास गरिरहेको जानकारी दिनुभयो ।
सन् २०२६ को यो पहिलो स्वदेश फिर्ती प्रयास थियो । सिरियाली मानवअधिकार पर्यवेक्षककाअनुसार यस्तो स्वदेश फिर्तीका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू र अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा र समन्वय आवश्यक पर्दछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
पाकिस्तानको खैबर पख्तुनख्वामा विष्फोटः दुईको मृत्यु, १२ घाइते
पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमवार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना...
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको...
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...




