अर्थ

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो।

यस दिन ८ अर्ब ३६ करोडको कारोबार भएको छ। २ करोड कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। मंगलबार ४२ वटा सेयरको मात्र मूल्य बढेको छ। आज सबैभन्दा बढी सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको पनि ९.६४ प्रतिशतले बढेको छ।

यसबाहेक बुद्धभूमि नेपाल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, आरम्भ चौतारी लघुवित्त पनि क्रमशः ८.३९, ६.३१ र ५.९५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

तर सुपर माई हाइड्रोपावरको भने १० प्रतिशतले घटेको छ। सिटिजन सन्तुलित योजना, अपर स्यांगे हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक पनि क्रमशः ८.३०, ७.०१ र ६.७१ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार भने रिडी पावर कम्पनीको भएको छ। कम्पनीको ५३ करोडको किनबेच हुँदा आखु खोला जलविद्युत् ४४ करोड, ङादी ग्रुप पावर ३१ करोडको कारोबार भएको छ।

सम्बन्धित समाचार

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ । गन्तव्यमा अवतरण...